३२ असार २०८३, बिहीबार

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालतको निरीक्षण

असार १२, २०८२
काठमाडौं
प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालतको निरीक्षण

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । 

सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा उनले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका हुन् ।

प्रधानन्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणका क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीलाई विशेष निर्देशन समेत दिए । 

null

निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलले स्वागत गरे । 

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल लगायतका पदाधिकारी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्