२९ असार २०८३, सोमबार

मनाङ र मुस्ताङमा मतगणना शुरु, छिट्टै मतपरिणाम आउने अपेक्षा

मंसिर २१, २०७४
मनाङ र मुस्ताङमा मतगणना शुरु, छिट्टै मतपरिणाम आउने अपेक्षा

काठमाडौं, २१ मंसिर — हिमालपारिका जिल्ला भनी चिनिने मनाङ र मुस्ताङमा मतगणना शुरु भइसकेको छ । शुक्रवार बिहानसम्ममा दुवै जिल्लाको मतपरिणाम आइसक्ने अपेक्षा गरिएको छ । 

दुवै जिल्लामा प्रतिनिधिसभामा एक एकजना र प्रदेशसभामा दुईदुईजना प्रतिनिधि निर्वाचित हुनेछन् । 

मुस्ताङ र मनाङमा थोरै मतदाता भएकाले त्यहाँको मतपरिणाम छिट्टै सार्वजनिक हुने गर्छ । 

मुस्ताङको जोमसोमस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना भइरहेको छ ।

त्यस्तै मनाङको चामेस्थित निर्वाचन अधिकृत कार्यालयमा मतगणना भइरहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्