२६ असार २०८३, शुक्रबार

यामाहाले मनायो ग्लोबल लेगेसीको अर्थपूर्ण ७०औं वार्षिकोत्सव

असार १८, २०८२
काठमाडौं
यामाहाले मनायो ग्लोबल लेगेसीको अर्थपूर्ण ७०औं वार्षिकोत्सव

यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने 'यामाहा डे​'को अवसरमा यस वर्ष विशेष महत्त्वको 'Bridging Old and New, Through Kando Actions' भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो।

नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रममार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ ।

एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लू स्क्वायर नक्साल शोरुममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरूप फ्याक्ट्री परिसर (एमएडब्लू अटो)मा गरिएको वृक्षारोपण अभियान र काठमाडौंको नि:सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवासम्बन्धी गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएका छन् ।

त्यस्तै, देशभरका यामाहा शोरुमहरूमा केक काट्ने कार्यक्रम आयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गर्‍यो । साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षितगरी सडक सुरक्षा तालिमपनि प्रदान गरिएको थियो ।

null

यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, 'आज हाम्रो लागि साँच्चै गौरवको दिन हो । ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो ।​ यामाहाले युवाहरूलाई प्रेरणा दिने इनोभेटिभ, स्टाइलिस र पर्फर्मेन्समा उत्कृष्ट सवारीहरू ल्याइरहँदा यो साझेदारी अझ धेरै वर्षसम्म अघि बढिरहनेमा हामी विश्वस्त छौं । यामाहाले स्टाइल र पर्फर्मेन्स दुवैमा अब्बल उत्पादनमार्फत आजका युवाहरूको मनमा गहिरो छाप छोडेको छ। यामाहाका यी गुणहरू नेपाली ग्राहकहरूको चाहनासँग प्रत्यक्ष मेल खान्छन्, किनकि यहाँका उपभोक्ताहरू स्टाइलसँगै विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिन्छन्।'

यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनहरूको लागि परिचित रहँदै आएको छ ।

नेपालकै उच्च माइलेज दिने स्कुटर ARAI प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको Yamaha RayZR 125FI Hybrid देखि लिएरस्पोर्टी र स्टाइलिस Yamaha R15 V4 सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि MT-15 V2 र FZ V3 सिरिज आकर्षणका केन्द्र बनेका छन्, भनेAerox 155 एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ। अफ-रोड यात्राका लागि WR155R भरपर्दो विकल्पकोरूपमास्थापितभएको छ।

null

यामाहाका सम्पूर्णमेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन्जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छन् ।​

एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ। ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्