०३ साउन २०८३, आइतबार

इरानले परमाणु निरीक्षणमा सहकार्य रोकेपछि तेलको मूल्य ३ प्रतिशतले उकालो

असार १९, २०८२
काठमाडौं
इरानले परमाणु निरीक्षणमा सहकार्य रोकेपछि तेलको मूल्य ३ प्रतिशतले उकालो
तस्वीर : रोयटर्स

इरानले संयुक्त राष्ट्रसंघीय परमाणु निगरानी संस्था (आईएईए)सँगको सहकार्य तोडेपछि तेलको मूल्य ३ प्रतिशतले बढेको छ। 

बुधवार ब्रेन्ट क्रूडको मूल्य ३ प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ११ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमेडिएट ३ दशमलव १ प्रतिशतले बढेर ६७ दशमलव ४५ डलर पुगेको छ।

पछिल्लो समय अमेरिका र भियतनामबीच नयाँ व्यापार सम्झौता भएपछि देखिएको सकारात्मक वातावरणका बाबजुद पनि तेलको मूल्य वृद्धि भएको हो । दुवै देशबीचको सम्झौताले बजारमा जोखिम बहन क्षमतामा वृद्धि  गरेको छ । 

तर, अमेरिकी तेल भण्डारणमा अप्रत्याशित वृद्धि देखिएपछि थप बढ्नुपर्ने तेलको मूल्य वृद्धि सीमित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तेहरानले नयाँ कानुनमार्फत् आईएईएलाई पुनः निरीक्षण गर्न पाउनुअघि ‘उच्च राष्ट्रिय सुरक्षा परिषद्को’ स्वीकृति आवश्यक हुने व्यवस्था गरेको छ। 

इरानले आईएईएमाथि पश्चिमी मुलुकहरूले पक्षपाती रवैया अपनाएको र इजरायलली आक्रमणको पक्ष लिएको आरोप लगाएको छ। 

रोयटर्सले विश्लेषक जियोभानी स्टाउनोभोको भनाइ उदृत गर्दै लेखेको छ, 'बजारमा इरानको कदमबाट केही राजनीतिक जोखिम आउन खोजिरहेको छ । तर, अझै आपूर्ति अवरोधको अवस्था आएको छैन। यो मनोवैज्ञानिक असर मात्र हो।'

salt training

कमेन्ट गर्नुहोस्