
ब्राजिलको चर्चित अटोमोबाइल वेबसाइट इनसाइड इभी ब्राजिलले बीवाईडी डल्फिनको ६० दिने लामो समीक्षा गरेको छ ।
२ लाख २० हजार किलोमिटरको चलिसकेको बीवाईडी डल्फिनको रिभ्यू अर्थात् समीक्षा इनसाइडले गरेको हो ।
डल्फिनले मूल्य अनुसारको उत्कृष्ट र शहरी क्षेत्रका लागि उत्तम मानिएको समीक्षाको निष्कर्ष छ । यसका साथै विश्व बजारमा आफ्नो बलियो स्थान बनाइरहेको बीवाईडीलाई ब्राजिलमा उत्कृष्ट श्रेणीको दर्जा दिइएको छ ।
ब्राजिलको इलेक्ट्रिक गाडी बजारमा तहल्का मच्चाइरहेको डल्फिनले छोटो समयमै अपार सफलता हासिल गरेको छ । तर, के यो गाडी साँच्चै राम्रो छ ? यही प्रश्नको जवाफ खोज्न इनसाइड इभी ब्राजिलले २ महिनासम्म लगभग २ हजार ५०० किलोमिटर चलाएर यसको गहन समीक्षा गरेको जनाएको छ । समीक्षाले गाडीका राम्रा र नराम्रा दुवै पक्षलाई उजागर गरेको छ ।
मूल्य अनुसार उत्कृष्ट
डल्फिनले आफ्नो मूल्यमा अन्य गाडीले दिन नसक्ने फिचर, स्पेस र प्रविधि प्रदान गरेको छ । जसले गर्दा यसलाई ब्राजिलको बजारमा ‘गेम-चेन्जर’ को रूपमा हेरिएको छ ।
बाहिरबाट हेर्दा सानो देखिए पनि भित्रको स्पेस निकै फराकिलो छ । यसको भित्री ठाउँलाई जीप कम्पास जस्तो मध्यम आकारको एसयूभीसँग तुलना गरिएको छ । जुन यसको सबैभन्दा ठूलो विशेषता हो ।
शहरका लागि उत्तम
शहरी ट्राफिकमा यो गाडी एकदमै फुर्तिलो, शान्त र चलाउन सहज मानिएको छ । यसको द्रुत गतिले शहरभित्रको यात्रालाई रमाइलो बनाएको छ । शहरका लागि यस गाडीलाई निकै उत्तम ब्राजिलबाहेकका शहरमा प्रतिक्रिया आइसकेका छन् ।
उत्कृष्ट माइलेज
शहरमा चलाउँदा ७.५ देखि ८.५ किलोमिटर प्रतिकिलोवाटको उत्कृष्ट माइलेज पाएको समीक्षाको ठहर छ । अर्थात् डल्फिनले ४०५ किलोमिटरसम्मको रेन्ज दिएको छ । यसले गर्दा यसलाई चलाउने खर्च एकदमै कम पर्न आउँछ ।
यसका साथै गाडीमा रहेको ठूलो र घुम्न मिल्ने रोटिङ सेन्ट्रल स्क्रिन, एनएफसी की-कार्ड, ओभर-द-एयर ओटीउ सफ्टवेयर अपडेट जस्ता आधुनिक सुविधाहरूले यसलाई झन आकर्षक बनाएको छ ।