२८ जेठ २०८३, बिहीबार

बीवाईडी डल्फिनको लङ्ग–टर्म रिभ्यु, ब्राजिलमा अत्यधिक सफल

असार १९, २०८२
काठमाडौं
बीवाईडी डल्फिनको लङ्ग–टर्म रिभ्यु, ब्राजिलमा अत्यधिक सफल

ब्राजिलको चर्चित अटोमोबाइल वेबसाइट इनसाइड इभी ब्राजिलले बीवाईडी डल्फिनको ६० दिने लामो समीक्षा गरेको छ । 

२ लाख २० हजार किलोमिटरको चलिसकेको बीवाईडी डल्फिनको रिभ्यू अर्थात् समीक्षा इनसाइडले गरेको हो ।

डल्फिनले मूल्य अनुसारको उत्कृष्ट र शहरी क्षेत्रका लागि उत्तम मानिएको समीक्षाको निष्कर्ष छ । यसका साथै विश्व बजारमा आफ्नो बलियो स्थान बनाइरहेको बीवाईडीलाई ब्राजिलमा उत्कृष्ट श्रेणीको दर्जा दिइएको छ ।

ब्राजिलको इलेक्ट्रिक गाडी बजारमा तहल्का मच्चाइरहेको डल्फिनले छोटो समयमै अपार सफलता हासिल गरेको छ । तर, के यो गाडी साँच्चै राम्रो छ ? यही प्रश्नको जवाफ खोज्न  इनसाइड इभी ब्राजिलले २ महिनासम्म लगभग २ हजार ५०० किलोमिटर चलाएर यसको गहन समीक्षा गरेको जनाएको छ । समीक्षाले गाडीका राम्रा र नराम्रा दुवै पक्षलाई उजागर गरेको छ ।

मूल्य अनुसार उत्कृष्ट 

डल्फिनले आफ्नो मूल्यमा अन्य गाडीले दिन नसक्ने फिचर, स्पेस र प्रविधि प्रदान गरेको छ ।  जसले गर्दा यसलाई ब्राजिलको बजारमा ‘गेम-चेन्जर’ को रूपमा हेरिएको छ । 

बाहिरबाट हेर्दा सानो देखिए पनि भित्रको स्पेस निकै फराकिलो छ । यसको भित्री ठाउँलाई जीप कम्पास जस्तो मध्यम आकारको एसयूभीसँग तुलना गरिएको छ । जुन यसको सबैभन्दा ठूलो विशेषता हो ।

शहरका लागि उत्तम 

शहरी ट्राफिकमा यो गाडी एकदमै फुर्तिलो, शान्त र चलाउन सहज मानिएको छ । यसको द्रुत गतिले शहरभित्रको यात्रालाई रमाइलो बनाएको छ । शहरका लागि यस गाडीलाई निकै उत्तम ब्राजिलबाहेकका शहरमा प्रतिक्रिया आइसकेका छन् ।

उत्कृष्ट माइलेज 

शहरमा चलाउँदा ७.५ देखि ८.५ किलोमिटर प्रतिकिलोवाटको उत्कृष्ट माइलेज पाएको समीक्षाको ठहर छ । अर्थात् डल्फिनले ४०५ किलोमिटरसम्मको रेन्ज दिएको छ ।  यसले गर्दा यसलाई चलाउने खर्च एकदमै कम पर्न आउँछ ।

यसका साथै गाडीमा रहेको ठूलो र घुम्न मिल्ने रोटिङ  सेन्ट्रल स्क्रिन, एनएफसी  की-कार्ड, ओभर-द-एयर ओटीउ सफ्टवेयर अपडेट जस्ता आधुनिक सुविधाहरूले यसलाई झन आकर्षक बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्