२८ जेठ २०८३, बिहीबार

ग्लोबल आईएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुला

असार २२, २०८२
काठमाडौं
ग्लोबल आईएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुला

ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फण्ड आइतबारदेखि संघसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

उक्त म्युचुअल फण्डको प्रतिइकाई अंकित मूल्य १० रूपैयाँ दरको बाह्र करोड इकाईमध्ये न्यूनतम् बिक्री हुनुपर्ने छ करोड वा कूल बिक्री भएको इकाई संख्याको न्यूनतम् १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आईएमई बैंक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पूँजीको रूपमा रहनेछ ।

बाँकी न्यूनतम दश करोड बीस लाख इकाईका लागि विभिन्न संघ संस्था/सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा संघ संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड बीस लाख इकाईको आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार मुख्य विशेषतामा योजना बन्दमुखी योजना,  कोषको आकार प्रारम्भिक रु १.२० अर्ब (अत्यधिक माग भएमा रु. १.५० अर्बसम्म), प्रति इकाई मूल्य १० रूपैयाँ, सर्वसाधारण निष्काशन गरिने इकाई १२ करोड इकाई, ​न्यूनतम् लगानी १०० इकाई, अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई, योजनाको अवधि इकाई बाँडफाँड मितिदेखि १० वर्ष, लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुन: लगानी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीबद्ध लगायतलाई मानेको छ । ​

लगानी मिश्रण :

  • इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)
  • ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)
  • फिक्स डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)
  • नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)

लगानी गर्नुपर्ने कारण :

  • व्यावसायिक व्यवस्थापन
  • विविधीकरण
  • सहजता र पहुँच
  • सस्तो लगानी
  • पारदर्शिता
  • कर छुट
  • लगानीकर्ता संरक्षण

प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)

क्यापिटलले यस योजनाको वार्षिक  औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजना सञ्चालन भइसकेका छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आईएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ (३) रेटिङ प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्