०७ साउन २०८३, बिहीबार

टेक्सास बाढी : मृत्यु हुनेको संख्या १०० नाघ्यो

असार २४, २०८२
काठमाडौं
टेक्सास बाढी : मृत्यु हुनेको संख्या १०० नाघ्यो

अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन् । केही बालबालिकाको पनि ज्यान गएको समाचारमा उल्लेख छ ।

केर काउन्टीको ग्वाडालुप नदीमा एको बाढीका कारण मात्रै कम्तिमा ८४ जनाको मृत्यु भएको छ । जसमा २८ बालबालिका र ५६ वयस्कहरू समावेश छन् ।

काउन्टी शेरिफको कार्यालयले २२ वयस्क र १० बालबालिकाको अझै पहिचान नभएको रिपोर्ट गरेको छ ।

कमेन्ट गर्नुहोस्