३० जेठ २०८३, शनिबार

स्वास्थ्य बीमाबाट २ लाखसम्मको उपचार सुविधा

असार २५, २०८२
काठमाडौं
स्वास्थ्य बीमाबाट २ लाखसम्मको उपचार सुविधा

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।

आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताएका हुन् । 'कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,' उनले फेसबूकमा लेखेका छन् ।

अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले रु दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् ।

यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्