२३ जेठ २०८३, शनिबार

त्रिविको वार्षिक साधारणसभाबाट ६३ औं ग्रेस लिस्ट पारित

असार २६, २०८२
काठमाडौं
त्रिविको वार्षिक साधारणसभाबाट ६३ औं ग्रेस लिस्ट पारित

त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ६३ औं ग्रेस लिस्ट पारित गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो । 

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औं शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालयमा कूल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुनेगरी लाग्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्