१० साउन २०८३, आइतबार

पाकिस्तानको बलुचिस्तानमा बसबाट बाहिर निकालेर ९ यात्रुको हत्या

असार २७, २०८२
काठमाडौं
पाकिस्तानको बलुचिस्तानमा बसबाट बाहिर निकालेर ९ यात्रुको हत्या

पाकिस्तानको बलुचिस्तानस्थित झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ जना यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या गरेका छन् ।

बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई बसका यात्रुलाई बाहिर निकालेर गोली हानिएको बीबीसी उर्दूले जनाएको छ । 

समाचारअनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतकहरूको शव पञ्जाब पठाउने व्यवस्था गरिएको बताए।

मारिनेमा पन्जाबका ९ जना मात्रै छन् । बन्दुकधारीहरूले यात्रुहरूको परिचयपत्र जाँच गरेर उनीहरूलाई मारेको समाचारमा उल्लेख छ । 

अपहरण भएको एकदेखि डेढ घण्टाभित्र उनीहरूको शव नजिकैको पहाडी क्षेत्रमा पुलमुनि फेला परेको थियो । आक्रमणकारीहरू अझै फरार छन् ।

salt training

कमेन्ट गर्नुहोस्