२९ असार २०८३, सोमबार

एनआईसी एशिया बैंक र ई स्टप नेपालबीच छुट सम्झौता

असार ३०, २०८२
काठमाडौं
एनआईसी एशिया बैंक र ई स्टप नेपालबीच छुट सम्झौता

एनआईसी एशिया बैंक र ई स्टप नेपाल प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ​बैंकका ग्राहकले रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट पाउनेछन् ।​

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाका अनुसार सम्झौतापछि बैंकका ग्राहकहरूले ई स्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ई. स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् ।

दीगो ग्रुप अफ कम्पनीअन्तर्गत रहेको ई. स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

कमेन्ट गर्नुहोस्