२९ जेठ २०८३, शुक्रबार

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान

असार ३०, २०८२
काठमाडौं
सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान

सिटी एक्सप्रेस मनि ट्रान्सफरले यही असार २७ गते १८ बसन्त पार गरेर १९औं वर्षमा प्रवेश गरेको छ ।

यही  १९औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको छ ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न ग‍र्‍यो । साथै, १९औं वार्षिकोत्सवको अवसरमा  कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीलाई  पुरस्कृत पनि गरेको थियो । 

null

उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा शुरूआत गरेको छ । साथै, सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्