२८ जेठ २०८३, बिहीबार

बीवाईडी सिगल युरोपदेखि ल्याटिन अमेरिकासम्म ग्राहकलाई आकर्षित गर्दै, २७ महिनामै १० लाख युनिट बिक्री

असार ३१, २०८२
काठमाडौं
बीवाईडी सिगल युरोपदेखि ल्याटिन अमेरिकासम्म ग्राहकलाई आकर्षित गर्दै, २७ महिनामै १० लाख युनिट बिक्री

बीवाईडी सिगलले १० लाख युनिट बिक्री गर्दै नयाँ उपलब्धि हासिल गरेको छ । बीवाईडीको चर्चित ईभी सिगल (बीवाईडी डल्फिन मिनि)ले १० लाख युनिट बिक्री गर्दै नयाँ मुकाम हासिल गरेको हो ।

चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता बीवाईडीले २७ महिनामा यो संख्यामा बजेट फ्रेन्डली सिरिज बिक्री गर्न सफल भएको हो । यसले विश्व बजारमा डल्फिनप्रतिको लोकप्रियतालाई झन् माथि उठाएको छ ।

बीवाईडीको यस सफलताले युरोपदेखि ल्याटिनअमेरिकासम्म ग्राहकलाई आकर्षित गरेको छ ।

null

बीवाईडी सिगलले सानो साइज, आकर्षक डिजाइन, दमदार रेन्ज र सस्तो मूल्यले गर्दा शहरकेन्द्रित आवागमनका लागि निकै उपयुक्त देखिएको छ ।

इ–प्लेटफर्म ३.० मा निर्माण भएको सिगलमा ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरसहित आउँछ । जसले १३५ एनएम टर्क दिन्छ । 

null

यसका साथै ३८.८८ किलोवाट आवरको लिथियम–आइरन–फस्फेट ब्याट्रीका साथमा डिसी फास्ट चार्जिङ सपोर्ट रहेको छ । 

कम्पनीका अनुसार ३० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । सिगल मध्यम वर्गीय ग्राहकका लागि सान्दार विकल्प बन्न सफल भएको कम्पनीले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्