१० साउन २०८३, आइतबार

छुट्टाछुट्टै घटनामा काठमाडौंमा दुई जनाको मृत्यु

असार ३१, २०८२
काठमाडौं
छुट्टाछुट्टै घटनामा काठमाडौंमा दुई जनाको मृत्यु

काठमाडौंको दुई छुट्टाछुट्टै घटनामा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमय रूपमा मृत भेटिएका हुन् ।     
     
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ ।     
     
डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । 

यसैबीच, काठमाडौं महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ । 

मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्