
श्रमदान/श्रम अभियान भन्नेवित्तिकै आउने नाम हो हर्क साम्पाङ अर्थात् हर्कराज राई । साम्पाङ धरान उपमहानगरपालिका प्रमुख निर्वाचित भएदेखि अहिलेसम्म अनवरत उनको श्रम अभियान चलिरहेको छ ।

यहीँ माटोमा हात नलगाएसम्म देश बन्दैन भन्ने मान्यता राख्ने साम्पाङ आफैं श्रम अभियानमा खटिन्छन् । श्रमदान गरेरै उनले कोकाहा खोलाको पानी ल्याएर धरानबासीलाई खुवाए ।

श्रम गरेरै बाटोघाटो र पार्क बनाएका छन् । उनी अझै पनि आफ्नो अभियानमा खटिएकै छन् ।
उपमहानगरमा अरू केही कमजोरी हुन सक्लान् तर, उनको श्रम अभियानको प्रशंसा नगर्ने सायदै कोही होलान् ।

साम्पाङको श्रम अभियानमा सहभागी हुन धरान बाहिरबाट पनि मान्छेहरू आउने गरेका छन् ।














