०६ साउन २०८३, बुधबार

हार्न थालेपछि दमननाथले लेखे - भूतले खाजा खाने बेला उठिएजस्तो छ !

मंसिर २३, २०७४
हार्न थालेपछि दमननाथले लेखे - भूतले खाजा खाने बेला उठिएजस्तो छ !

काठमाडौं, २३ मंसिर - भक्तपुरको क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दमननाथ ढुंगानाले हास्यास्पद ट्वीट गरेका छन् । उनले केहीबेर अघि सामाजिक सञ्जाल टुइटरमा 'भुतले खाजा खानेबेला उठिएजस्तो छ' भनेर लेखेका छन् ।

मतगणना चल्दै गर्दा उनले यस्तो लेखेका हुन् । मतगणनामा एमाले उम्मेदवारसँग भारी मतले पछाडि परेका छन् । उनले एमालेका युवा नेता महेश बस्नेतसँग चुनावी प्रतिस्पर्धामा छन् । अहिले उनी झण्डै दोब्बर मतले पछि परेका छन् । 

चुनाव हार्ने छनक पाएपछि उनले यस्तो लेखेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्