०५ साउन २०८३, मंगलबार

बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

साउन ३, २०८२
काठमाडौं
बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् ।

गत वर्ष भएको जनविद्रोहमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि जमात–ए–इस्लामी पार्टीले देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ ।  

आफ्नो कार्यकालमा हसिनाले जमातविरुद्ध कडा अडान लिएकी थिइन् र राजनीतिक दलको रूपमा यसको दर्तासमेत रद्द भएको थियो । 

दशकौँदेखि जमातलाई सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो ।
 
गत महिना सर्वोच्च अदालतले पार्टी दर्तालाई पुनस्र्थापित गर्दै आगामी अप्रिलमा हुने चुनावमा भाग लिन जमातलाई मार्ग प्रशस्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्