
नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा प्रो होन्डा जेन्युन् इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रूपमा भित्र्याई बिक्री वितरण शुरू गरेको छ ।
होन्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरूका लागि विकसित आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्रान्डको उद्देश्य होन्डाका सबै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेन्युन् इन्जिन आयल सुविधा पुर्याउनु हो ।
प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउने कम्पनीको दाबी छ ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ।
इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ।
प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लू ३० एमबी नेपाल १ लिटर, र अन्तमा होन्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।
यस नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होन्डाले नेपालका सवारी साधन धनीहरूलाई उत्कृष्ट आयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: दाहोर्याएको छ ।
'प्रो होन्डा आयल'ले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होन्डा मोटर कम्पनीको बिगत ५५ वर्षभन्दा अघिदेखि आधिकारिक वितरक हो ।
यसले देशभरि होन्डाका उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट बिक्रीपश्चात सेवाहरू प्रदान गर्दै आएको छ, जसले नेपाली ग्राहकहरू माझ होन्डाको लोकप्रियतालाई निरन्तर बढाएको छ ।