०६ साउन २०८३, बुधबार

नारायणकाजीद्वारा हार स्वीकार, मतगणना नसकिँदै बाबुरामलाई दिए बधाई

मंसिर २३, २०७४
नारायणकाजीद्वारा हार स्वीकार, मतगणना नसकिँदै बाबुरामलाई दिए बधाई

काठमाडौं, २३ मंसिर - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नसकिँदै हार स्वीकारेका छन् । उनले मतगण्ना नसकिँदै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईलाई बधाई दिएका हुन् । 

श्रेष्ठले भट्टराईलाई टेलिफोन सम्पर्क गरी बधाई दिए । गोरखाको मतगणना अन्तिम चरणमा पुगेको छ । गोरखामा ७ हजार मत गन्न बाँकी रहँदा भट्टराईले पाँच हजार मतले अग्रता कायम गरेका थिए । 

श्रेष्ठ र भट्टराईले गोरखा क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्