२७ जेठ २०८३, बुधबार

नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

साउन ५, २०८२
काठमाडौं
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषतासहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय शुरू गर्ने लक्ष्य लिएको छ ।

एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे-५ एसयूभी, आरामदायी विशेषतासँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । 

जे-५ को सार्प-एन्गुलर डिजाइन विशेषता ‘रेन्ज रोभर’को डिजाइन विशेषतासँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधा समावेश रहेका छन् । जसले यसलाई शहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।

जे-५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट समावेश रहेका छन् ।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

जेइको जे-५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे-५ मा लेभल २ एडासको विशेषता समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसीडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बीएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषता रहेका छन् ।

नाइमा २०२५ मा ‘जेइको जे-५’ सार्वजनिक गर्दै जेइकोले नेपालको ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे-५ ले, नेपाली ग्राहकका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइकोको लागि आधिकारिक वितरक हो । जसले नेपाली ग्राहकका लागि ब्रान्डका सवारीसाधनको विक्री वितरण तथा उत्कृष्ट आफ्टर-सेल्स सर्भिस प्रदान गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्