२६ जेठ २०८३, मंगलबार

एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच आँखाको उपचारमा सहकार्य

साउन ५, २०८२
काठमाडौं
एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच आँखाको उपचारमा सहकार्य

एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखासम्बन्धी उपचार सेवामा विशेष छुट दिने सहमति भएको छ।

उक्त सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरूले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा उपलब्ध आँखाको उपचार सेवामा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौता अनुसार, ग्राहकले कन्सल्टेसन, ल्याब टेस्ट, चश्मा, अपरेशन लगायत सेवामा छुट पाउनेछन्। छुटको सीमा सेवाअनुसार फरक–फरक रहनेछ। पहिलो पटक सेवा लिने ग्राहकका लागि ओपीडी र दर्ता शुल्कमा पनि पूर्ण छुट दिइने जानकारी बैंकले दिएको छ।

उक्त छुट लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ मार्फत भुक्तानी गर्नुपर्नेछ।

एनआईसी एशिया बैंकले स्वास्थ्य सेवा क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै स्वास्थ्य उपचारसँगै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्