काठमाडौं, २३ मंसिर - तनहुँ क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतले पछि परेका छन् ।
उनी ४ हजार ४ सय ७० मतले पछाडि परिरहेका छन् ।
उनलाई वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले चुनौति दिइरहेका छन् ।
पछिल्ल्लो अपडेटअनुसार पौडेलले १३ हजार ९ सय १८ मत ल्याएका छन् भने श्रेष्ठले १७ हजार ३ सय ८८ मत ल्याएका छन् ।