
ब्याडमिन्टनमा र्याकेटले खेलको गतिलाई परिवर्तन गर्नुका साथै खेलाडीको मनोबललाई पनि बढाउँछ । साथै यसले खेलको दिशालाई नै परिवर्तन गर्न सक्ने भएकाले खेलाडीले जस्तोसुकै र्याकेट प्रयोग नै गर्दैनन् ।
अनुभवी खेलाडीहरूले आफ्नो शैली र कौसललाई सुहाउने उत्कृष्ट र्याकेट छनोट गर्छन् । र्याकेट जति हलुका भयो, उत्तिनै पावर प्रदान गर्ने भएकाले त्यसैलाई उत्कृष्ट मानिन्छ ।
विश्व बजारमा ब्याडमिन्टन र्याकेटको बिक्री वितरण हेर्दा योनेक्स सबैभन्दा शीर्ष स्थानमा छ । कारण हो खेलाडीको शैली र कौसल स्तरको उत्कृष्टता । अर्थात् हल्का तौलमा उत्कृष्ट पावर प्रदान गर्नुका साथै सहज ह्यान्डलिङ ।
खेलाडीका लागि र्याकेट केवल एक उपकरण होइन, यो खेलाडीको साथी, हात र खेलप्रतिको विश्वास हो । एउटा र्याकेटले खेललाई माथि उठाउन सक्छ भने, शक्ति प्रदान गर्नुका साथै मनोबल बढाउँछ । यदि र्याकेट राम्रो नहुँदा खेलमा असहज महसुस गराउनुका साथै प्रदर्शन क्षमतालाई घटाउने खेलाडीहरूको विश्वास छ ।
योनेक्सका उत्कृष्ट तीन सिरिज
योनेक्सको र्याकेट सिरिजमा सर्वाधिक रुचाइएको ‘भोल्ट्रिक एन्ड एस्ट्रोक्स लाइट’ हो । प्रिमियम ब्रान्ड योनेक्सको ‘भोल्ट्रिक एन्ड एस्ट्रोक्स लाइट’ सिरिजलाई मध्यम स्तरका खेलाडीहरूले बढी रुचाउने गरेका छन् । यो सिरिजमा ६ वटा भेरियन्टका र्याकेट उपलब्ध छन् ।

भोल्ट्रिक एन्ड एस्ट्रोक्स लाइटको तौल ७८ ग्राम छ । ग्रेफाइटको यो र्याकेटले हाई–फ्लेक्स फ्लेक्सिबिलिटी प्रदान गर्दछ । यसमा ग्रिप साइज जी–४ र जी–५ छ ।
आर्कसेबर ७३ र नानोरे ७२ लाइट
योनेक्सको रुडी सिरिज अन्तर्गतको ‘आर्कसेबर ७३ र नानोरे ७२ लाइट’ विश्व प्रसिद्ध खेलाडी ‘रुडी हार्टोनो’ सम्मानमा राखिएको हो । यो र्याकेट खेलाडीहरूमा स्पीड र रिएक्टिभ ह्यान्डलिङका लागि उत्कृष्ट मानिन्छ ।
यो सिरिजको र्याकेट ६ रङ्गहरूमा उपलब्ध छ । ग्रेफाइटको यो र्याकेटको तौल ७८ ग्राम रहेको छ । यसमा पनि ग्रिप साइज जी–४ र जी–५ सपोर्ट छ ।
डिफेन्स र ट्याक्टिकल अट्याकका लागि उत्कृष्ट रहेको यो र्याकेट न्यून हावा प्रतिरोध गर्छ । अन्य र्याकेटभन्दा बढी लचकता प्रदान गर्नुका साथै हलुका र बढी पावर प्रदान गर्दछ ।
आर्कसाबर
योनेक्सको अर्को आर्कसाबर सिरिज ‘क्लियर, एबिलिटी फिल’ कन्ट्रोल र शटल होल्डमा उत्कृष्ट मानिन्छ । यस सिरिजमा क्लियर, एबिलिटी र फिलका फरक फरक मोडलहरू उपलब्ध छन् । जहाँ क्लियर सेतो, नेभी र डार्क म्यरीन रंङमा उपलब्ध छ भने, एबीलीटी सेतो, ब्राउन र डार्क वाइन रंगमा उपलब्ध छ । र फिल सेतो, पर्पल र डार्क ओलिभमा उपलब्ध छ ।
ग्रेफाइटको यो सिरिजको र्याकेटको तौल ८३ ग्राम छ । हाई–फ्लेक्स फ्लेक्सिबिलिटीका साथ आउने यस र्याकेटको ब्यालेन्स निकै राम्रो छ । जि–४ र जी–५ को ग्रिप साइजमा आउने यो सिरिजको र्याकेट स्थिरता र नियन्त्रणका लागि उत्कृष्ट मानिन्छ ।
यो सिरिजको र्याकेट फिनिस, टच र नियन्त्रणका लागि खेलाडीहरूले छनोट गर्ने गर्दछन् ।