३२ असार २०८३, बिहीबार

राजस्थानमा विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु, ३० जना घाइते

साउन ९, २०८२
काठमाडौं
राजस्थानमा विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु, ३० जना घाइते

भारतको राजस्थानस्थित झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । 

समाचारअनुसार राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् । जबकि मिडिया रिपोर्टहरूमा मृतक बालबालिकाको संख्या कम्तीमा पाँच रहेको बताइएको छ ।

शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विद्यालयको छत भत्किँदा दुःखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ। कलेक्टरसहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ।'

दुर्घटनालगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए । घाइतेहरूमा शिक्षकहरू पनि छन् । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्