
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक एकै दिनमा ३ हजारको विन्दुबाट तल झरेको छ ।
अघिल्लो दिन मात्रै ३ हजारको विन्दुमा उक्लिएको परिसूचक बुधबार २९५४.१४ को विन्दुमा झरेको हो ।
बुधबार नेप्से परिसूचक ४७.९३ अङ्कले घटेर २९५४.१४ को विन्दुमा कायम भएको हो । यस दिन बजारमा ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयरको खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलबार मात्रै परिसूचक ३०.७६ अङ्कले बढेर ३००२.०७ विन्दुमा अडिएको थियो ।
आजको कारोबारमा सान्भी इनर्जी लिमिटेड र ट्रेड टावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधारमा भने हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३२ करोड १२ लाख १८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ ।
बुधबार बजार पुँजीकरण ४९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।