
निसान गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सका लागि बी-एसयूभी आईसीई सेगमेन्टमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।
निसान मोटर इन्डियाद्वारा ‘डिफाई अर्डिनरि’ आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो ।
उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआईईओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लिओन डोर्सेर र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो । पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षमा उल्लेखनीय सफलता पनि हासिल गर्दै आएको छ ।
यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिने कम्पनीले जनाएको छ ।
कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू (बी-एमपीभी, सी-एसयूभी, सी-एसयूभी-प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो ।
साथै, क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेल समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो । यी सबै मोडल निसानको मूल एसयूभी डीएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ । यी मोडल निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो ।
पायोनियर मोटोकर्प प्रालि, नेपालमा निसान मोटर कम्पनीको लागि आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको उत्पादनप्लान्टबाट सवारीसाधन आयात गर्दछ । कम्पनीको नेपालभर १३ वटा शोरुम (टचपोइन्टहरू) रहेका छन् ।