
सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच ८ सिरिज सार्वजनिक गरेको छ ।
यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ ।
दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको सामसङले जनाएको छ ।
ग्यालेक्सी वाच ८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले तपाईंको सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा तपाईं बिहान ताजगीको साथ उठ्न सक्नुहुन्छ भनेर सुझाव दिन्छ ।
यसमा रहेको रनिङ कोचले तपाईंको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ । साथै, तपाईंको करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णय सजिलै लिन सकिन्छ ।

अब जेमिनी एआईको सहायताले तपाईंले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्नुहुन्छ । सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम शुरू गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी वाच ८ ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ ।
ग्यालेक्सी वाच ८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत् आफ्नो उत्कृष्ट पहिचान बनाउँछ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ ।
यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिने कम्पनी बताउँछ । यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ ।
यसको मूल्य ५४ हजार ९९९, ५९ हजार ९९९ र ७४ हजार ९९९ रहेको छ ।