२४ असार २०८३, बुधबार
एक साताको अन्तरालमा दुई ठूला अटो शो

नाइमा मोबिलिटी एक्स्पो : ३५ नयाँ सवारीसाधन लन्च हुने, बीवाइडीको सरप्राइज

साउन १९, २०८२
काठमाडौं
नाइमा मोबिलिटी एक्स्पो : ३५ नयाँ सवारीसाधन लन्च हुने, बीवाइडीको सरप्राइज

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा नयाँदेखि पुराना दुई पांग्रे र चार पांग्रे गाडीहरूबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । आउँदो बुधवार अर्थात् २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने मोबिलिटी एक्पोमा पुरानादेखि नयाँ ब्रान्डहरूको बलियो प्रतिस्पर्धा हुने भएको हो ।

पहिलोपटक नेपाल आटोमोबाइल इम्पोर्टर्स एनड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा)ले आयोजना गर्न लागेको एक्पोमा ३५ नयाँ ब्रान्डहरूको डेब्यू हुने छ । यसले नेपाली अटोमोबाइल बजारलाई थप उत्साहित बनाएको छ । यो एक्पो अर्थात् अटो शो यसकारण पनि बढी प्रतिस्पर्धी र रोचक किन छ भने एक साताको अन्तरालमा नाडा आटोमोबाल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अर्को अटो शो आयोजना गर्दै छ ।

यसअघि नेपालमा एउटै अटो  शो हुँदै आएको थियो । यस वर्षदेखि दुई अटो शो हुन लागेका हुन् । एकातिर वर्षौंदेखि आफ्नो विरासत बनाएको नाडाले आफ्नो अटो शोलाई धमाकेदर बनाउन लागिपरेको छ भने अर्कोतर्फ पहिलोपटक आयोजना गर्न लागेको नाइमाले अटो शोमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

नाइमाका अनुसार एक्सपोमा ४७ वटा स्टलहरू राखिएका छन् । सबै बुकिङ भइसकेको छ । २१ गतेका लागि करिब करिब तयारी सम्पन्न भइसकेको नाइमाले जनाएको छ । 

null

कुन-कुन ब्रान्डको डेब्यू हुँदैछ ? 

बीवाइडीको सरप्राइज 

पहिलो मोबिलिटी एक्स्पोमा बीवाइडीका तीनवटा नयाँ भेरियन्ट र एउटा सरप्राइज राखिएको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार बीवाइडीको डल्फिन, अट्टो ३ र सी सिरिजबाहेक एक सरप्राइज पनि राखिएको छ । 

‘सबैका लागि बीवाइडीको तर्फबाट एक सरप्राइज रहेको छ’, उनले भनिन्, ‘एक्स्पो मै डेब्यू हुनेछ । त्यसबाहेक डल्फिन, अट्टो ३ र सी सिरिज देखिनेछन् ।’ 

जेइको जे–५

मोबिलिटी एक्पोको अर्को आकर्षणका रूपमा ‘जेइको जे–५’ लाई हेरिएको छ । एसपीजी अटोमोबाइल्स प्रालिले मोबिलिटी एक्सपोमा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५ सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषतासहित नेपालमा लन्च हुन लागेको छ । 

कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टसहित यो भेरियन्ट उपलब्ध हुनेछ । 

१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री सहितको यस एसयूभीले एक पटकको चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

‘लिपमोटर बी १०’

नेपालमा पहिलोपटक भित्रिन लागेको ‘लिपमोटर बी १०’ पनि मोबिलिटी एक्पोमा सार्वजनिक हुने भएको छ । यद्यपि कम्पनीले यसको पहिलो लुक्स सार्वजनिक गरिसकेको छ । नेपालका लागि लिपमोटर गाडीको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर बी १० नेपाल भिर्त्याउँदै छ । 

लिपमोटरको बी १० मा ६७.१ किलोवाट ब्याट्रीलाई  एकपटक चार्ज गर्दा ४६० किलोमिटरसम्मको रेज्न दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरियन्स १८० एमएम छ । बी १० को मूल्य करिब ६० लाख सम्म हुने अनुमान गरिएको छ । 

सनलोङका दुई इलेक्ट्रिक माइक्रो भ्यान

चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान एक्पो मै सार्वजनिक हुने भएका छन् । वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान लन्च गर्ने बताएको छ । 

एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डोलगायत फिचरसहितको भ्यानको मूल्य ४७ लाख ५१ लाख लाखसम्म पर्ने जनाइएको छ । 

‘फोर्थिङ’

नेपाली बजारमा ‘फोर्थिङ’को पहिलो मोडल मोबिलिटी एक्पोमा हुन लागेको छ । लक्ष्मी ई–मोबिलिटीले चीनको इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ एक्पोमा सार्वजनिक गर्न लागेको हो ।

कम्पनीका अनुसार ६४.४ किलोवाटर आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यस एसयुभीले ४०० किलोमिटर भन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ । आकर्षक डिजाइन र अत्याधुनिक फिचरसति नेपाली बजारमा लन्च गरिन लागेको फोर्थिङको मूल्य भने कम्पनीले खुलाएको छैन । 

आईएम–६

प्रिमियम एसयूभी ‘आईएम–६’ पनि मोबिलिटी एक्पोमा सार्वजनिक गर्ने तयारी गरिएको छ । पारामाउन्ट मोटर्सले ‘आइएम–६’ एसयूभी नेपालमा औपचारिक रूपमा लन्च गर्न लागेको हो । 

null

तीन वटा स्क्रीन, मसाज सिट, २० स्पीकर सहितको अडियो सिस्टम, लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, स्मार्ट ड्राइभ एसिस्ट, अटोनोमस पार्किङ एसिस्टेन्स र ‘क्वालकमको स्न्यापड्रागन एसए–८२९५ पी प्लेटफर्म’ सहितको स्मार्ट ककपिटलगायत विशेषताले आईएम–६ मा ७५ किलोवाट आवरको ब्याट्री प्याक तथा २१६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । 

यसले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको मूल्य ७० देखि ८० लाखसम्म हुने अनुमान गरिएको छ । 

कुन कुन ब्रान्डहरू हुँदैछन् सहभागी ?  

नाइमाको मोबिलिटि एक्स्पोमा बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर लगायतमा चार पाङ्ग्रे २३ ब्रान्डका सवारीको पर्दशनी हुनेछ । 

एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोलगायत १७ दुई पाङ्ग्रेमा ब्रान्ड एक्स्पोमा सहभागी हुनेछन् ।  कमर्शियल सवारीमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ब्रान्डका सवारीहरू देखिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्