०५ साउन २०८३, मंगलबार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न अदालतको आदेश

साउन २०, २०८२
काठमाडौं
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न अदालतको आदेश

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । २०२२ को राष्ट्रपति चुनाव हारे पनि सत्तामा रहन कूको षड्यन्त्र रचेको उनीमाथि आरोप छ। 

अदालतले बोल्सोनारोले पहिले नै लगाइएका सावधानी प्रतिबन्धहरूको उल्लंघन गरेको बताएको छ।

मुद्दाको अनुगमन गरिरहेका न्यायाधीश अलेक्जान्ड्रे डे मोरैसले बोल्सोनारोले आफ्ना तीन सांसद छोराहरूमार्फत् सार्वजनिक सन्देशहरू पठाएर प्रतिबन्धहरूको उल्लंघन गरेको बताए । 

बोल्सोनारोले आइतबार आफ्नो छोराको फोनबाट रियो दि जेनेरियोमा आफ्ना समर्थकहरूको र्‍यालीलाई सम्बोधन गरेका थिए ।

अदालतले यसलाई नियमहरूको प्रत्यक्ष अवहेलना भनेको छ ।

यसपछि, सर्वोच्च अदालतले उनलाई घरमै नजरबन्दमा राख्न, इलेक्ट्रोनिक एंकल मनिटर लगाउन र उनको घरबाट सबै मोबाइलहरू जफत गर्न आदेश दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्