
बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हीलर सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ ।
शोरूमको उद्घाटन सोमबार गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिद्वारा सम्पन्न भएको हो । नेपालमा विद्युतीय सवारी साधनको लागि नयाँ गन्तव्य
१,८०० वर्गफुटमा फैलिएको यो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो । जसअन्तर्गत शोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा, नक्साल शोरूममै रहेको चेतक-विशेष सर्भिस सेन्टर, अन्तरक्रियात्मक उत्पादन प्रदर्शन र ईभी विशेषज्ञहरूसँग परामर्श, लाइभ चार्जिङ डेमो र लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिंग र डिजिटल इन्टरफेस रहेका छन् ।
यो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन, सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित गर्दछ ।

चेतक ब्रान्डको प्रिमियमनेसलाई झल्काउने यो जोनले नेपालमा गतिशीलताको लागि उपभोक्ता सम्पर्क विन्दु बढाउने दिशामा एक साहसिक कदम रहेको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक गोल्छाले भने, ‘यो विशेष शोरूम हाम्रो ग्राहकको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतिबद्धताको प्रतिविम्ब हो । हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक ईभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन, र दिगो भविष्यप्रतिको वाचा महसुस गर्न सकून् ।’
यो अत्याधुनिक एक्सपेरियन्स जोनको उद्घाटनले नेपालभर दिगो र स्मार्ट विद्युतीय सवारी साधन अपनाउने कार्यलाई तीव्र बनाउने बजाज अटोको दृष्टिकोणलाई थप बल पुगेको छ । प्रिमियम टचप्वाइन्ट र भविष्यमुखी उत्पादन अनुभवमार्फत् चेतक ब्रान्ड अब नेपालको शहरी यात्राको नेतृत्व गर्न तयार छ ।

चेतक ३५०१ ले क्लासिक रेट्रो डिजाइनलाई अत्याधुनिक विद्युतीय प्रविधिसँग जोडेको छ । यसका प्रमुख विशेषतामा एकपटक चार्जमा १५३ किमी एआरएआई प्रमाणित रेन्ज, सबै मौसममा भरपर्दो आईपी ६७ प्रमाणित फुल-मेटल बडी, नेभिगेसन, फोन कल र म्युजिक कन्ट्रोलसहितको ५ इन्चको स्मार्ट टीएफटी टचस्क्रिन, की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र दुर्घटना पहिचान, टु व्हीलर ईभी सेग्मेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डरसिट स्टोरेज र ३ घण्टाभित्र ०–८० प्रतिशत चार्ज-सेग्मेन्टकै सबैभन्दा कम समय रहेको कम्पनीले जनाएको छ ।