२१ असार २०८३, आइतबार

आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ९६ पैसा, बिक्रीदर १४० रूपैयाँ ५६ पैसा

साउन २५, २०८२
काठमाडौं
आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ९६ पैसा, बिक्रीदर १४० रूपैयाँ ५६ पैसा

राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिदर १६२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रूपैयाँ ११ पैसा र बिक्रीदर १८८ रूपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ २३ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३० पैसा र बिक्रीदर ९१ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १९ रूपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४० पैसा र बिक्रीदर ३८ रूपैयाँ ५६ पैसा कायम भएको छ ।


केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०६ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ५८ पैसा र बिक्रीदर १४ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८३ पैसा र बिक्रीदर २१ रूपैयाँ ९२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रूपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।  

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्