२८ जेठ २०८३, बिहीबार

स्मार्ट फोन मर्मतका लागि सामसङ नेपालले शुरू गर्‍यो ‘सामसङ मनसुन क्याम्प’

साउन २६, २०८२
काठमाडौं
स्मार्ट फोन मर्मतका लागि सामसङ नेपालले शुरू गर्‍यो ‘सामसङ मनसुन क्याम्प’

मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइल मर्मतका लागि सामसङ नेपालले सामसङ मनसुन क्याम्प शुरू गरेको छ ।

ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले यो क्याम्प सञ्चालनमा ल्याएको सामसङ नेपालले जनाएको छ ।

यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसङ प्रयोगकर्ताहरूले वारेन्टी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसङ सेवा केन्द्रमा गएर नोक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।

चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ । श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्ने कम्पनीले जनाएको छ । यो सेवा केवल सामसङका अधिकृत सेवा केन्द्रमा मात्र उपलब्ध हुने बताइएको छ । 

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्,‘सामसङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं । वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिम बढ्छन् । त्यसैले हामी मनसुन क्याम्पमार्फत् समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून् ।’

सामसङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ । थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसङ कस्टुमर केयरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्