
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १.१० प्रतिशतले बढेको हो ।
बैंकको वितरणयोग्य मुनाफा भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आमदानी १४ रुपैयाँ ११ पैसा रहेको छ ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । त्यसै गरी ग्लोबल आइएमई बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।
गत अवसम्म यस बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ ।
गत आवभरिमा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलनगरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।