२७ असार २०८३, शनिबार

७ अर्ब नाघ्यो नबिल बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

साउन २८, २०८२
काठमाडौं
७ अर्ब नाघ्यो नबिल बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

नबिल बैंक लिमिटेडको नाफा ७ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकको नाफा ७ अर्ब नाघेको बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

गत आवसम्म नबिल बैंकले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा बैंकको खुद नाफा  १५.०१ प्रतिशतले बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेको छ ।

यसैगरी खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत, कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशत बढेको छ ।

गत आवसम्म नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षभरिमा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यसैगरी, बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा, मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्