२४ असार २०८३, बुधबार
दुई पाङ्ग्रेले प्रवेश नपाउने

नागढुंगादेखि नौबिसे अब १० मिनेटमै, सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा [तस्वीरहरू]

साउन ३१, २०८२
काठमाडौं
नागढुंगादेखि नौबिसे अब १० मिनेटमै, सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा [तस्वीरहरू]

काठमाडौंको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको छ । निर्माणको काम लगभग सकिएको छ । निर्माणको  काम सकिएसँगै अब सुरुङ मार्ग सञ्चालन गर्ने तयारी छ । 

यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ । 

यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।

null

सुरुङमार्ग आयोजनाअन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालीन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।
 
आयोजनाअन्तर्गत पूर्वी खण्ड (काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निर्माण गरिएको छ भने जसअन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

null

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्षपछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

null

सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।

जस अनुसार कार/भ्यानहरूलाई काठमाडौं आउँदा ६५ र काठमाडौंबाट फर्किदा ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौं आउँदा ११५ र काठमाडौंबाट जाँदा ८० शुल्क लाग्ने छ। 

null

त्यस्तै, बस र ट्रकले काठमाडौं आउँदा २६० र काठमाडौंबाट जाँदा २०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौं आउँदा ६०० र काठमाडौंबाट जाँदा २५० शुल्क तिर्नु पर्ने छ । सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी ।
 

salt training

कमेन्ट गर्नुहोस्