२६ असार २०८३, शुक्रबार

पाकिस्तानमा विनाशकारी बाढी : कम्तिमा ३२४ जनाको मृत्यु

भदौ १, २०८२
काठमाडौं
पाकिस्तानमा विनाशकारी बाढी : कम्तिमा ३२४ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा शुक्रबार र शनिबारको भारी वर्षापछिको बाढीपहिरोमा परेर कम्तिमा ३२४ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै अचानक आएको बाढी र पहिरोले धेरै मानिसहरू भग्नावशेषमुनि पुरिएको र धेरै जना बगेको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

बाढीपहिरोपछि उद्धार कार्य जारी छ, यद्यपि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषबाट शवहरू निकाल्न कडा परिश्रम गर्नुपरेको थियो ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, अहिलेसम्म कम्तिमा १३७ जना घाइते भएको रिपोर्ट गरिएको समाचारमा उल्लेख छ । 

खैबरमा उद्धार कार्यको क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।

खैबरको सबैभन्दा बढी क्षतिग्रस्त जिल्ला बुनेर हो, जहाँ ९१ जनाको मृत्यु भएको छ। यसबाहेक स्वातमा २६ घर, तीन विद्यालय र आठ अन्य भवनहरू ध्वस्त भएको समाचारमा उल्लेख छ । ​​

यसबाहेक, भारी वर्षा र बाढीका कारण पाकिस्तान अधिनस्थ कश्मीरमा ९ जना र गिलगिट-बाल्टिस्तानमा ५ जनाको मृत्यु भएको छ । दुर्गम क्षेत्रहरूमा उद्धार कार्यका लागि हेलिकप्टर प्रयोग गरिँदै छ, तर खराब मौसम र भत्किएका सडकहरूले राहत कार्यमा बाधा पुर्‍याइरहेका छन् ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसिया धेरै वर्षदेखि प्राकृतिक प्रकोपको सामना गरिरहेको छ । 

अगस्ट २१ सम्म बीचबीचमा भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। साथै, खैबर सरकारले प्रभावित जिल्लाहरूका लागि ५० करोड पाकिस्तानी रुपैयाँको राहत कोष जारी गरेको छ।

अगस्ट २१ सम्म बीचबीचमा भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्