
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत् नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’सँग साझेदारी गरेको घोषणा गरेको छ ।
यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट–फूड परिकारका लागि प्रसिद्ध छ ।
नेपालभरका आउटलेटमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खान सक्ने सुविधा दिनेछ ।
अफर अनुसार फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट, नेपालभरका सबै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा मान्य हुने र केवल माइ डिशहोम एपमार्फत् सक्रिय ग्राहकका लागि उपलब्ध रहेको छ ।
छुट लिनका लागि माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गर्न सकिने, होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने सकिने डिशहोमले बताएको छ ।
जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त सकिने कम्पनीले जनाएको छ । ‘यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई हाम्रो ग्राहकको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ’, डिशहोमका सीईओ तारा मानन्धरले भने ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि शुरू गरिएको हो । कम्पनीले आगामी महिनामा अझ धेरै शीर्ष ब्रान्डलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।