२४ जेठ २०८३, आइतबार

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

भदौ १, २०८२
काठमाडौं
बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको बालगीत आइतबार सार्वजनिक भएको छ । यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले सिर्जना गरिएको हो ।

बालसंसार डटकमले तयार पारेको यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन् । 

संगीतकार बद्री सेवाद्वारा सृर्जित धुनमा गीतलाई आधुनिक बालसंगीतको स्वाद दिने गरी प्रस्तुत गरिएको छ । यस गीतको एरेन्ज तथा मिक्सिङ राम कार्कीले गरेका हुन् । 

गीतको विशेषता भनेकै यसले राष्ट्रिय स्तरमै मान्यता पाएको पृष्ठभूमि हो । रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगिता २०८१ मा यो गीतले प्रथम स्थान हासिल गरेको थियो । 

प्रतियोगितामा विजयी भएपछि यसलाई अझ परिष्कृत गर्दै बालसंसार डटकममार्फत् सार्वजनिक गरिएको हो ।

बुवाको मुख हेर्ने दिनलाई नेपाली समाजमा विशेष भावनासहित मनाइन्छ । यस अवसरमा बाबाप्रति समर्पित भक्ति, श्रद्धा र सम्झनाका कार्यक्रम हुने गर्छन् । बालसंसार डटकमले सार्वजनिक गरेको यो गीत त्यही अवसरलाई अझ अर्थपूर्ण बनाउन सहयोगी बन्ने विश्वास गरिएको छ । गीतका शब्द र धुन दुवै बुबाको भूमिका, माया र परिश्रमलाई उजागर गर्ने खालका छन् ।

बालसंसारले यसअघि पनि बालबालिकाका लागि विविध बालगीत र सिर्जनाहरू सार्वजनिक गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्