१५ असार २०८३, सोमबार

आज कुन सरकारी तथा फलफूलको कति छ मूल्य ?

भदौ २, २०८२
काठमाडौं
आज कुन सरकारी तथा फलफूलको कति छ मूल्य ?

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको अधिकतम थोकमूल्य सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो रू ८० र आलु रातो प्रतिकिलो रू ५२ कायम गरिएको छ। आलु रातो (भारतीय) भने प्रतिकिलो रू ३० मा किनबेच भइरहेको समितिले जनाएको छ।

त्यस्तै, भन्टा डल्लो प्रतिकिलो रू ४५, बोडी (तने) रू १००, घिउसिमी (राजमा) रू १६०, करेला प्रतिकिलो रू ७०, लौका रू ८०, परवर रू ९०, फर्सी हरियो (डल्लो) रू ८० र भिण्डी प्रतिकिलो रू ८५ कायम भएको छ।
यसैगरी गाजर (लोकल) प्रतिकिलो रू १३०, बन्दा (लोकल) रू ३०, काउली (स्थानिय) रू १२० र मूला रातो प्रतिकिलो रू ५५ सम्म पुगेको छ।

यसैगरी च्याउ (डल्ले) प्रतिकिलो रू ४५०, कुरीलो रू ४००, ब्रोकाउली रू २५०, रातो बन्दा रू ३००, पार्सले रू १,४००, पुदीना रू ६०० र माछा सुकेको प्रतिकिलो रू १,००० कायम भएको छ।

यसैगरी स्याउ (फूजी) प्रतिकिलो रू ३५०, कागती रू १७०, अनार रू ३६०, सुन्तला (भारतीय) रू ३५०, किवी रू ३६०, आभोकाडो रू ३००, अमला रू २०० र जुनार रू २५० रुपैयाँ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्