![झार ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरू [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Basantapur_Durbar_1_5mkkOmmDUe.jpg)
विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ ।
दैनिक रूपमा हजारौं आन्तरिक र बाह्य पर्यटकको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाएपछि कुरूप समेत देखिएको छ ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो नदेखाएको स्थानीयको गुनासो छ ।





















