
गीतकार नारायण खतिवडाको व्यङ्ग्यात्मक तीज गीत सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित प्रमुख अन्तर्राष्ट्रिय प्लेटफर्ममा सार्वजनिक गरिएको छ ।
नेपाली महिलाहरूले प्रत्येक वर्ष मनाउने हरितालिका तीजको छुट्टै मौलिक विशेषता रहेको छ । तर, आजभोलि त्यस्तो महान पर्वलाई मनाउने सन्दर्भमा फजुल खर्च, देखासिकी, नक्कल गर्ने र तडकभडकमा रमाउने प्रवृत्ति मौलाएको भन्दै गीतमा व्यङ्ग्य गरिएको छ ।
सीमित आमा दिदीबहिनीहरूका कारणले मात्रै तीजको मौलिकता बचेको अवस्थालाई कतै व्यङ्ग्यात्मक शैली र त कतै चेतनामूलक सन्देश भिडियोमार्फत दिइएको छ ।
नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वहरूको मौलिकता हराउँदै गएको समाजको वर्तमान अवस्थालाई चिरफार गरिएको सो गीतमा सहारा कोइराला, रन्जु मिश्र, विदेश मार्शल लगायतको अभिनय रहेको छ ।
गीतको छायांकन अर्जुन कटुवालले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको सो गीतको कोरियोग्राफी सन्जिला सुमित्राको रहेको छ ।
भिडियोको निर्देशन गीतकार खतिवडा आफैंले गरेका छन् ।
हेर्नुहोस् भिडियो :