११ साउन २०८३, सोमबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

जेठ २५, २०८३
काठमाडौं
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को जवाफ माग्दै विरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आलोचना गर्दै विपक्षीले निरन्तर विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै भारतले मात्रै नभएर नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

प्रधानमन्त्रीले संसद्‌मा आएर माफी माग्नुपर्ने, उक्त अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउनुपर्ने उनीहरूको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्