
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको ईभी ई-भितारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ ।
साथै, सो अटो शोमा दशैं तिहारभरिका लागि लक्षित हुनेगरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले ६ लाख रूपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षका लागि नि:शुल्क पीएमएस पार्ट्स, दुई लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक्सेसरिज पाउन सक्नेछन् ।
कम्पनीले नाडा अटो शो लक्षित गरि, कार्यक्रमभरि खरिद गर्ने ग्राहकलाई र्स्क्याच कार्डमार्फत् थप एक लाख रूपैयाँसम्मको छुट प्रदान गर्नेछ भने १० भाग्यशाली ग्राहकले एक/एक तोला सुन जित्न सक्नेछन् । साथै, अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केही शर्त लागू हुने कम्पनीले जनाएको छ ।
सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी ई-भितारा सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको शुरूआत गरेको छ ।
विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि र भरपर्दो सुजुकी डीएनएको उत्कृष्ट सम्मिश्रणको ई-भितारा नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ईभी उत्कृष्टताको लागि निर्मित

उन्नत प्रविधि र सुरक्षा
कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ । सुजुकीले ई-भिताराको लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ ।
ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा बीईभी (ब्याट्री इलेक्ट्रिक), एचईभी (हाइब्रिड), सीएनजी र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुने कम्पनीले जनाएको छ ।