२४ जेठ २०८३, आइतबार

निजी विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाउन माग

भदौ ४, २०८२
काठमाडौं
निजी विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाउन माग

निजी विद्यालयका सञ्चालकले ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संशोधनको माग गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनीहरूले विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने माग गरेका हुन् ।

त्यसैगरी, विद्यालयमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना/खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने र छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकको माग छ ।

निजी विद्यालय सञ्चालकले सरकारसमक्ष पटक-पटक माग राखे पनि मागप्रति बेवास्ता गरेको गुनासो समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्