
सुनसरी, २६ मंसिर– सोमवार बिहानैदेखि अवरुद्ध भएको सुनसरी - ३ निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ ।
मतगणना गर्ने क्रममा ९ वटा मतपत्र अर्धकट्टीसहित भेटिएपछि उक्त निर्वाचन क्षेत्रमा विवाद भएको थियो । सुनसरी ३ बाट कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले चुनाव हार्न लागेका बेला षड्यन्त्र गरेको भन्दै वाम गठवन्धनले मतगणना रोक्न माग गरेको थियो ।
अर्धकट्टीसहित भेटिएको विवादित ९ मतपत्रको बारेमा पछि निर्णय गर्ने गरी मतगणना शुचारु गर्ने निर्णय भएको थियो ।
मतगणना स्थगित हुनु अगाडि वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरी २९ हजार ३ सय २६ मत सहित अगाडि थिइन् । चौधरीलाई पछ्याइरहेका गच्छदारको मत २९ हजार १ सय ७१ थियो ।