
हरदिन हररात तिमी अरूको, बारेमा सोच्दै निदाउन्नौं
किनकी तिमीलाई लाग्छ, तिमीले नगरे गर्ने कोही देख्दैनौं
बा दवाई सकिँदा होस् व्यथाले चाप्दा, तिमी बोल्दैनौं
किनकी तिमीलाई लाग्छ, बाले सक्दिनँ भन्न हुँदैन
बलियो सक्ने भएर तिमी, हररातदिन जुटन लाग्दैछौं
यसैले त तिमी आफ्नो, स्वास्थ्य झनझन् बिगार्दैछौं
बा तिमी सन्चै त छौं, सोध्ने सन्तान अब बाहिरिदैछौं
स्वदेशले टिकाउन नसकेर, परदेश मौलानतिर लाग्दैछौं
बा तिमी थकाइ मार्र्दैनांै, किन तिमी कहिल्यै थाक्दैनौं
लाग्दो हो तिमीलाई, सन्तान केही बुुझ्दैनन् जान्दैनन्
तिमी जुटदा खट्दा पनि, सन्तानले जाँगर किन गर्दैनन्
बिरामी हुुदाँ पनि, बा आराम गर पुुग्यो कहिल्यै भन्दैनन्
बा तिमी कति खटछौं, तिम्रो शरिर शरीर होइन र ?
तिमी नखटे पनि अब, तिम्रा सन्तान भोकले मर्दैनन्
हातगोडा लगाइदिएका छौं तिमीले जेजसो गरी खान्छन्
धन्धा नमान सन्तानहरूको, भगवानले बाटो लाउँछन्
बा तिमी थाक्यांै आराम गर, भन्न त म सक्दै सक्दिनँ
किनकी तिम्रो खटाइमा, रमेको म, अझै पनि केही जान्दिनँ
बस मलाई चाहिएको छ तिम्रो खटाइ, पुुग्यो कदापि भन्दिनँ
तैपनि तिमी खट्दा, जुट्दा भिड्दा, म कुनै अनर्थ ठान्दिनँ
बाह्रछोरा तेह्र नाति, अब खोजेर, त्यो कहाँ पाउनू
एक दुुई जना छन् र पनि, विवेक तिनीहरूमा नआउने
बा तिमी कतिन्जेल खट्छौं ,रातदिन छोरानाति भनेर
उप्रान्तमा कसैले हेर्दैनन् थाहा छ र पनि अज्ञानी बनेर
तिमी जन्मेकै खट्नका लागि, भन्न त म सक्दिनँ
तैपनि तिम्रो सन्चो, बिसन्चो बुुझ्न आँटै गर्दिनँ
बा तिमीलाई सन्चै छ, मात्र पनि सोध्न सक्दिनँ
तिमी घिस्रेर खट्दा पनि, मलाई पुुग्यो बा भन्दिनँ
के जात रहेछ यो सन्तान भन्ने चिज, जान्दै जानिनँ
तिमी मरिमरि खट्दा पनि, म साथ दिन सकिनँ
बा तिमी सन्चै छौ्र भन्ने सामर्थ, ममा आएन
तिमीले बानीपरेकोले, ममा आफैं गर्ने हिम्मतै भएन
बा अब माया नफेरिए पनि युग फेरियो
यही देखेर समस्त बुुबाहरूलाई यो कविता लेखियो
बुुबाहरू फेरिने समय आएछ किनकी सन्तानले विवश त्यागे
बाहरू घनिघसि गर्दा पनि, सन्तानले किन माया मारे ?
अब समस्त बाहरू पनि साच्चै, स्वार्थी बन्नपर्छ क्यारे
सबैले धर्म छाडे, प्रकृति पनि विपरीत चल्न थाले
सन्तानले बाको माया न बुुझेर, आफ्नो अधिकार मान्यो
अन्त्यमा बा औंसीमा मात्र सजिने, पुजिने आडम्बर ठान्यो
बा न त फेसबुुकमा सजाउने समाग्री एकदिनका पात्र हुन्
बा त बा नै हुन् असल खराब जे भएनि, केही गरुन् या नगरुन्
सन्तानलाई हुर्काउने, बढाउने एक अनवरत सिपाही हुन्
बा आखिर बा नै हुुन्, कसैले उनलाई बुझुन् या नबुुझुन्
कुशे औंसीका अवसरमा समस्त बाहरूमा समर्पित