
एलएस अटोले नाडा अटो शो र नाईमा प्रदर्शनीमा ८८ वटा गाडी बुकिङ भएको जानकारी दिएको छ ।
नाडा अटो शोमा ५१ र नाईमामा ३७ वटा गाडी बुकिङ भएका हुन् ।
‘LEV 01’ मोडलमार्फत बजारमा राम्रो प्रतिक्रिया पाएको जानकारी दिँदै एलएस अटोले प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले नाईमामा दुई नयाँ मोडेल सार्वजनिक गरेको थियो ।
नेक्सन भेन्चरले ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ दुई नयाँ मोडेल सार्वजनिक गरेको थियो ।