२९ जेठ २०८३, शुक्रबार

ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बुढाको हात फ्याक्चर, तर पुगिरहेका छन् हलहलमा

भदौ ११, २०८२
काठमाडौं
ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बुढाको हात फ्याक्चर, तर पुगिरहेका छन् हलहलमा
तस्वीर सौजन्य : चलचित्र पत्रकार श्रीधर पौडेल ।

कलाकार केदार घिमिरे (माग्ने) बुढा घाइते भएका छन् ।

मंगलबार ब्याडमिन्टन खेल्ने क्रममा लडेर उनको दायाँ हातको कुम फ्याक्चर भएको हो । 

एभरेष्ट हस्पिटलका डा. सम्पूर्ण महर्जन (एमएस)का अनुसार घिमिरेको चिप फ्याक्चर डिस्टल क्ल्याभिकल दायाँ (दायाँ कुममा) भएको छ ।

डा. महर्जनका अनुसार घिमिरेको हातले चार हप्ता आराम गर्नु पर्ने छ।

हाल हलहरूमा माग्ने बुढाको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ प्रदर्शनरत छ । 

आज छैटौं दिन पनि दर्शकको उल्लेख्य साथ पाइरहेको चलचित्र टिमले जनाएको छ । हातमा समस्या हुँदा पनि माग्ने बुढा दर्शकलाई भेट्न हल हलमा पुगिरहेका छन् ।

null

 

कमेन्ट गर्नुहोस्