२९ असार २०८३, सोमबार

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश

भदौ ११, २०८२
बुटवल
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन आदेश भएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको एकल इजलासले बुधबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको तर्फबाट जिल्ला अदालतमा बिगो दाखिल गर्दा  पनि रिहा नगरेको भन्दै उच्चमा निवेदन गरेको थियो ।

निवेदनको पहिलो सुनुवाइ बुधबार भएको हो । न्यायाधीश विष्टको इजलासले कैफियत प्रतिवेदन माग्‍ने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दामा रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्